Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
सिड्नी चाइल्ड केयर कामदार शाही बालबालिका माथिको कुटपिट मुद्दामा दोषी ठहर, अदालतले सुनायो सजाय
11/05/2026 Duración: 02minसिड्नीको दक्षिण–पश्चिमस्थित चाइल्ड केयर सेन्टरमा बालबालिकामाथि भएको सामान्य कुटपिट (कमन असल्ट)को आरोपमा दोषी स्वीकार गरेपछि नेपाली पृष्ठभूमिका एक कामदारलाई दोषी ठहर गर्दै सजाय सुनाइएको छ।
-
Iran responds to a US proposal to end the war | Morning News Bulletin 11 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ११ मे २०२६
11/05/2026 Duración: 05minIran responds to a US proposal to end the war in the Middle East; the federal government allocates more than $500 million in new funding for environment laws reforms; Socceroos to face former coach Graham Arnold with Iraq pool match in Asia Cup. - भोलि सार्वजनिक हुने बजेट जिम्मेवार आर्थिक व्यवस्थापनमा केन्द्रित हुने ट्रेजरर जिम चाल्मर्सको भनाइ, उपभोक्ताले दैनिक उपभोग्य सामाग्रीमा बढी खर्चिनु पर्ने भन्दै चेतावनी र युद्ध विराम योजनामा इरानले दिएको प्रतिक्रिया “अस्वीकार्य” रहेको अमेरिकी राष्ट्रपतिको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
INTERVIEW: Bikram Lama's death - Homelessness NSW calls for coronial inquest - कुराकानी: विक्रम लामाको मृत्युबारे ‘कोरोनियल’ छानबिन हुनुपर्ने माग
10/05/2026 Duración: 12minHomelessness NSW has backed urgent calls for a coronial inquest into the death of Bikram Lama. Lama, who came to Australia from Nepal, was reportedly found near St James Station in Hyde Park in Sydney last December, where he had been rough sleeping. SBS Nepali spoke with Homelessness NSW CEO Dom Rowe, who says an inquest is vital to understand the circumstances of Lama's death. - जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही साता निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, विक्रम लामाको मृत्युका बारेमा तत्काल कोरोनियल छानबिन गर्न होमलेस्नेस एनएसडब्लुले आह्वान गरेको छ। यो पछिल्लो घटनाले राज्यमा घरबारविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूले
-
Australian weather update for Monday, 11 May 2026 - सोमवार, ११ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/05/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १२ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Prabal Gurung says the human race owes its very existence to our mothers - ‘मनुष्य जातिको सुरुवात नै हाम्रो आमाहरूले गर्दा भएको हो है’: प्रबल गुरुङ
09/05/2026 Duración: 13minIn podcast episodes published over the past few days, Prabal Gurung reflected on how his mother’s influence and experiences have shaped his life. In this third and final episode, the renowned New York-based Nepali fashion designer continues his chat with SBS Nepali, focusing on younger people entering the fashion world, the Shikshya Foundation Nepal, and his memoir ‘Walk Like a Girl’, published in May 2025. - आज, मे महिनाको दोस्रो आइतवार, अस्ट्रेलियाभर ‘मदर्स डे’ मनाईँदै गर्दा गत केही दिन यता प्रकाशित भइसकेका पोडकास्ट अङ्कहरूमा आफ्नो जीवनमा आमाको भूमिकालाई लिएर चर्चित फेसन डिजाइनर प्रबल गुरुङका भनाइहरू हामीले सुनिसकेका छौँ। उनले एसबीएस नेपालीसँग गरेको कुराकानीको यो तेस्रो तथा अन्तिम भागमा भने आफ्नो आमाबाबाले भोग्नु परेको दु:खका साथै हामी फेसनको संसारमा पाइला चाल्दै गरेका नवयुवापुस्तालाई उनका केही ‘टिप्स’, उनले खोलेको परोपकारी संस्था — शिक्षा फाउन्डेसन नेपाल र मे २०२५ मा प्रकाशित उनको आत्मकथा ‘वक लाइक अ गर्ल’ का बारेमा सुन्नेछौँ।
-
‘अस्ट्रेलियाको नेपाली समुदाय र नेपाली विद्यार्थीहरूप्रतिको नीतिबारे अधिकांश नेपाली नेताहरूलाई चासो छ’
09/05/2026 Duración: 13minअस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय र नेपालबाट यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रतिको नीतिबारे, आफूले भेटेका लगभग हरेक नेपाली राजनीतिज्ञ एवं नेताहरूमा निकै चासो र जानकारी रहेको नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले एसबीएस नेपालीलाई बताएकी छिन्। नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्ने अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सञ्चालक समिति सदस्यमा गत साल नियुक्त भएपछि, उनीसँग गरिएको वार्तालापका क्रममा भोल्कले यस्तो खुलासा गरेकी हुन्। तर उनी कसरी यो निष्कर्षमा पुगिन्? थाहा पाउन उक्त कुराकानीको दोस्रो भाग सुन्नुहोस्, जसमा पूर्व राजदूतले एसबीएस नेपालीसँगको चर्चाका क्रममा अस्ट्रेलिया र नेपालले एक अर्काबाट सिक्न सक्ने कुराहरू बारे पनि बताएकी छिन्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
-
Australian weather update for Sunday, 10 May 2026 - आइतवार, १० मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/05/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australia-Nepal investment and economic ties: What's next? - अस्ट्रेलिया र नेपालबिच लगानी र आर्थिक अवसर आउँदा दिनमा कस्तो?
09/05/2026 Duración: 53minIn this episode of the SBS Nepali podcast, we speak with former Executive Director and spokesperson of Nepal Rastra Bank - the central bank of Nepal - Laxmi Prapanna Niroula. Currently serving as an Independent Director at Sanima Bank, Niroula was recently in Australia to participate in the Leadership Development Program organised by Victoria University and the Banking Finance and Insurance Institute of Nepal (BFIN) in Melbourne from April 27 to 30. At SBS studios, we spoke with Niroula about Australia-Nepal economic ties, Nepal's financial sector and a range of contemporary economic issues. - एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मीप्रपन्न निरौलासँगको कुराकानी प्रस्तुत गर्दैछौँ। मेलबर्नस्थित भिक्टोरिया युनिभर्सिटी र ब्याङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीफीन)द्वारा गत एप्रिल २७ देखि ३० सम्म मेलबर्नमा आयोजना गरिएको ‘लिडरशिप डेभलप्मेन्ट प्रोग्राम’मा भाग लिन उनी अस्ट्रेलिया आएका बेला, हाल सानिमा ब्याङ्कका स्वतन्त्
-
Prabal Gurung’s dream: Designing for the first female US President - प्रबल गुरुङको सपना: अमेरिकी पहिलो महिला राष्ट्रपतिलाई आफ्नै डिजाइनमा सजाउने
08/05/2026 Duración: 11minIn this new episode, we continue our conversation with world-renowned fashion designer Prabal Gurung, whose designs have been worn by celebrities including the former US First Lady Michelle Obama and Bollywood star Alia Bhatt. In this second part of the conversation, Gurung takes us down memory lane to his school days at St. Xavier’s in Kathmandu and shares the reactions he received from family friends when he told them of his ambitions in the fashion industry. He also reveals his ultimate dream: to dress the first female President of the United States, while hinting at the designers he would like to dress him. This interview was recorded at SBS’s Federation Square studio during his visit for Melbourne Fashion Week 2026. - एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामादेखि भारतीय सिनेकर्मी आलिया भट्सम्मलाई, आफूले डिजाइन गरेको पोसाक लगाइदिन सफल र चर्चित फेसन डिजाइनर प्रबल गुरुङसँगको कुराकानीलाई जारी राख्दै छौँ। वार्तालापको यो दोस्रो भागमा उनले काठमाण्डूस्थित सेन्ट जेभियर्सको
-
शनिवार, ९ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/05/2026 Duración: 01minअस्ट्रेलियाका १२ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Cleaner to CEO: Nepali-origin Executive leads multi-million dollar Australian company - झन्डै क्लिनरको पनि काम नपाएको कम्पनीमा सीइओ बन्न पुगेका प्रवीण श्रेष्ठको अस्ट्रेलिया अनुभव
08/05/2026 Duración: 39minPrabin Shrestha, who began his journey at family-run company as a part-time cleaner, has recently been appointed the company’s Chief Executive Officer (CEO). After spending nearly three decades with the SKG Services, now valued at around $250 million, Shrestha has risen from an ordinary worker to leading more than 2,000 employees. Speaking with SBS Nepali, he reflects on the hard work, challenges, and motivation behind his journey to the top. - पार्ट टाइम क्लिनरका रूपमा एक पारिवारिक व्यवसायमा प्रवेश गरेका प्रवीण श्रेष्ठ हालसालै उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा सीइओ बन्न सफल भएका छन्। दुई करोड ५० लाख डलरको मूल्य बराबरको एसकेजी सर्भिसेसले समयसँगै गरेको प्रगतिका साक्षी रहेका श्रेष्ठ एक सामान्य कामदारबाट कम्पनीमा दुई हजार बढी कर्मचारीहरूलाई नेतृत्व दिने स्थानमा पुगेका छन्। श्रेष्ठले उनको तीन दशकपछिको यो फड्को पछाडिका परिश्रम र प्रेरणाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Backpacker to Ambassador: Felicity Volk's four decade long ‘love affair’ with Nepal - ब्याकप्याकरदेखि राजदूतसम्म: फेलिसिटी भोल्कको नेपालसँगको चार दशक लामो ‘लभ अफेयर’
08/05/2026 Duración: 12minFelicity Volk served as the Australian Ambassador to Nepal from 2021 to 2024 and is now involved with the Australian Himalayan Foundation (AHF), an organisation dedicated to charitable work in the Himalayas. Following her appointment to the foundation’s Board of Directors last year, SBS Nepali spoke with her about the various aspects of Australia-Nepal bilateral relations, highlighting the role of the Nepali diaspora in Australia. In the first of five episodes of the podcast, Volk also reveals her nearly 40-year love affair with Nepal and explains how the Nepali spirit of ‘Atithi Devo Bhava’ has touched her. - सन् २०२१ देखि २०२४ सम्म नेपालका लागि अस्ट्रेलियन राजदूत रहेकी फेलिसिटी भोल्क हाल हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्ने अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँग आबद्ध छिन्। गत साल उक्त संस्थाको सञ्चालक समिति सदस्यमा नियुक्त भएपछि एसबीएस नेपालीले उनीसँग अस्ट्रेलिया-नेपाल द्विपक्षीय सम्बन्धका विविध आयामहरू बारे कुराकानी गरेको थियो। प्रस्तुत छ उक्त कुराकानीको पहिलो भाग जसमा कोभिड-१९ महामारी जारी नै रहँदा एक नयाँ अ
-
Families with links to IS Group return to Australia | Morning Bulletin 8 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, ८ मे २०२६
08/05/2026 Duración: 04minThree women linked to former IS group fighters arrested after returning to Australia; Iran says it's still reviewing a US peace proposal; pressure builds on the AFL Giants ahead of their clash with Essendon - तथाकथित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको बताइएका तीन अस्ट्रेलियन महिलाहरू अस्ट्रेलिया फर्किएपछि पक्राउ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Monthly Finance Talk: ‘Harder days ahead’ - How the RBA rate rise might affect more than just your mortgage - आर्थिक कुराकानी: अस्ट्रेलियामा ब्याजदर बढ्यो, मलाई के मतलब?
07/05/2026 Duración: 27minIn this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses the Reserve Bank of Australia’s latest decision to raise interest rates for the third time this financial year, lifting the cash rate from 4.10 per cent to 4.35 per cent, and how this might affect more than your mortgage. Tune in to know about the winners and losers of Victoria's 2026-27 state budget, and what to expect from the upcoming federal budget, set to be announced next week. - अस्ट्रेलियाको ब्याजदर यस आर्थिक वर्षमा तेस्रो पटक बढाइएको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले मङ्गलवार बसेको बैठकपछि दरलाई ४.१० प्रतिशतबाट बढाएर ४.३५ प्रतिशत पुर्याउने घोषणा गरेको हो। सन् २०२४ ताकाको जस्तै हुन पुगेको यो ब्याज दरले तपाईँको मोर्गेज मात्रै होइन, दैनिक जीवनका अन्य खर्च र आर्थिक निर्णयहरूमा कसरी असर पार्न सक्छ? यस महिनाको आर्थिक कुराकानीमा हामीले विश्वास भट्टराईलाई यो विषयका साथै, हालै पहिलो पटक घर किनेका मानिसहरूले जान्नुपर्ने कुराहरू, हालै सार्वजनिक भएको भिक्टोरियाको सन् २०२६-२७ को बजेट र आउँदो हप्ता घोषणा हुन गइरहेको सङ्घीय
-
‘Am I doing the right thing?’: An international student’s first counselling experience in Australia - ‘के म ठिक गरिरहेको छु?‘: अस्ट्रेलियामा पढ्ने क्रममा पहिलो पटक काउन्सलिङ लिँदा
07/05/2026 Duración: 09minAustralia continues to be a major destination for students from Nepal, the Indian subcontinent, and around the world, bringing both opportunities and challenges associated with international student life. One organisation supporting students from diverse backgrounds is The Break, where Melbourne-based Bachelor of Social Work student Sristina Ghimire is currently undertaking her placement. As part of her role, she provides counselling and other support services to others. Ghimire says it was a new experience for her to undergo mandatory counselling herself before beginning the placement. SBS Nepali spoke with Ghimire about her international student journey, interest in social work and what it felt like to receive counselling for the first time. - नेपाल, भारतीय महाद्वीप लगायत विश्वभरबाट आउने विद्यार्थीहरूका लागि अस्ट्रेलिया एक प्रमुख गन्तव्य रहँदै आएको छ। यो सङ्ख्या घटबढ हुने क्रमसँगै, अन्तर्राष्ट्रिय विद्यार्थी जीवनका चुनौती र अवसरहरू पनि उत्तिकै रहेको देखिन्छ। यस्तै विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई एकजुट गर
-
Roblox recruitment: Why so many kids are falling into extremism - रोब्लक्स, माइनक्राफ्ट जोखिम: कतै तपाईँका बच्चाहरू पनि यस्तो खतरामा त छैनन्?
07/05/2026 Duración: 11minOnline gaming platforms like Roblox and Minecraft have become increasingly popular tools for extremist groups to recruit young people. With Australia's terror threat level at 'probable', the government has announced a new Counter Terrorism Online Centre to disrupt and divert terrorist networks from radicalising young Australians. - रोब्लक्स र माइनक्राफ्ट जस्ता अनलाइन गेमिङ प्लेटफर्महरूलाई चरमपन्थी समूहहरूले युवाहरू भर्ती गर्ने माध्यमका रूपमा बढ्दो रूपमा प्रयोग गर्दै आएका छन्।अस्ट्रेलियामा आतङ्कवादको खतरा स्तर ‘सम्भावित’ अर्थात् ‘प्रोबेबल’ रहँदै गर्दा, सरकारले आतङ्कवादी सञ्जालहरूले युवा अस्ट्रेलियनहरूलाई उग्रवादी बनाउने प्रयासलाई रोक्न र त्यसलाई अन्य दिशामा मोड्न नयाँ ‘काउन्टर टेरोरिजम अनलाइन सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ। एक रिपोर्ट।
-
Australian weather update for Friday, 8 May 2026 - शुक्रवार, ८ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/05/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १२ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Prabal Gurung: “I am a Nepali son, a brother, a friend and a well-wisher!” - फेसनको संसारभन्दा बाहिरका प्रबल गुरुङ: ‘नेपाली छोरा, भाइ, साथी र एक शुभचिन्तक’
07/05/2026 Duración: 12minEvery year on the first Monday of May, New York City hosts the Costume Institute Benefit—also known as the Met Gala—a major fundraiser for the Metropolitan Museum of Art. Renowned for its A-list celebrity guest list and extravagant outfits, the event this year embraced the theme “Costume Art” with “Fashion Is Art” as the dress code. In this SBS Nepali podcast, we’re bringing you the first part of our exclusive conversation with Prabal Gurung, the world-famous designer from Nepal. Gurung is a regular fixture at the gala alongside global icons. This interview was recorded at the SBS studios earlier this year, when Prabal Gurung was in town for Melbourne Fashion Week 2026. - अमेरिकाको न्युयोर्कमा हरेक वर्ष मे महिनाको पहिलो सोमवार, मेट्रोपोलिटन म्युजियम अफ आर्टका लागि चन्दा सङ्कलन गर्ने उद्देश्यका साथ कस्ट्युम इन्स्टिट्युट बेनेफिट वा ‘मेट गाला’ आयोजना हुने गर्छ। विशेष गरी नामुद सेलिब्रेटीहरू र उनीहरूका पहिरनका लागि चर्चित उक्त महोत्सवको यसपालिको थिम ‘कस्ट्युम आर्ट’ र ड्रेस कोड ‘फेसन इज आर्ट’ थियो। एसबीएस नेपालीको
-
‘ISIS Brides’ face arrest on return to Australia | Morning News Bulletin 7 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ७ मे २०२६
07/05/2026 Duración: 05minA group of so-called 'ISIS brides' returning to Australia today; the US fires on an Iranian oil tanker in the Gulf of Oman; and in sport, disappointment as Federation Square in Melbourne cancels World Cup screenings. - आईएससँग सम्बन्धित चार महिला र नौ बालबालिका आज उत्तर–पूर्वी सिरियाका बन्दी शिविरहरूबाट अस्ट्रेलिया फर्कने तयारीमा रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
विक्रम लामा घटनामा अस्ट्रेलियाको नेपाली समुदायको चासो: ‘डिएनए’ परीक्षण रिपोर्टलाई छिटो बनाउन माग
06/05/2026 Duración: 12minजनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, अस्ट्रेलियाका केही नेपाली सामुदायिक सङ्घसंस्थाहरूले पहिचानको प्रक्रियालाई छिटो गराउन आग्रह गरेका छन्। आइतवार, ३ मे मा तामाङ सोसाइटी अफ एनएसडब्लु र नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)ले समुदायसँग परामर्श कार्यक्रम राखेको हो। एक रिपोर्ट।