Sbs Nepali -
‘अस्ट्रेलियाको नेपाली समुदाय र नेपाली विद्यार्थीहरूप्रतिको नीतिबारे अधिकांश नेपाली नेताहरूलाई चासो छ’
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:13:15
- Mas informaciones
Informações:
Sinopsis
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय र नेपालबाट यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रतिको नीतिबारे, आफूले भेटेका लगभग हरेक नेपाली राजनीतिज्ञ एवं नेताहरूमा निकै चासो र जानकारी रहेको नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले एसबीएस नेपालीलाई बताएकी छिन्। नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्ने अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सञ्चालक समिति सदस्यमा गत साल नियुक्त भएपछि, उनीसँग गरिएको वार्तालापका क्रममा भोल्कले यस्तो खुलासा गरेकी हुन्। तर उनी कसरी यो निष्कर्षमा पुगिन्? थाहा पाउन उक्त कुराकानीको दोस्रो भाग सुन्नुहोस्, जसमा पूर्व राजदूतले एसबीएस नेपालीसँगको चर्चाका क्रममा अस्ट्रेलिया र नेपालले एक अर्काबाट सिक्न सक्ने कुराहरू बारे पनि बताएकी छिन्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।